काठमाडौं।
यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फको लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने काम सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वागमती प्रदेशका लागि आवश्यक पाँच लाख मतपत्र हिजो दिनभरमा छापेको हो । यससँगै मतपत्र छपाइको काम सकिएको बताइएको छ ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार ४० दिनपछि मतपत्र छपाइको काम सकिएको हो । उहाँले भन्नुभयो– ‘प्रत्यतर्फको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छापिएको छ ।’ उहाँले मंगलवारसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकरे बाँकी जिल्लामा ढुवानी हुने जानकारी दिनुभयो । यसअघि ६० जिल्लाको मतपत्र छपाइ काम सकिएपछि २५ जिल्लाको लागि प्याकिङ गरी ढुवानीसमेत गरिसकिएको छ ।
दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै उहाँले केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमुना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पु¥याइसकेको बताउनुभयो । उहाँले दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको जानकारी बताउनुभयो ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । त्यसै गरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि १० लाख ९८ हजार २ सय मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाई सकिएको आयोगले जनाएको छ । गत पुस २६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिएको थियो । ती मतपत्रहरू प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।
यसैबीच आयोगले निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाइसकेको छ । आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गरेको थियो ।
आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टिकर रहेका छन् । त्यसै गरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्किसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसंख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् ।











प्रतिक्रिया