सिन्धुली ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलमा निर्वाचन कार्यालय सिन्धुलीले सबै दललाई शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रियामा सहभागी भई निर्वाचन सफल बनाउन आग्रह गरेको छ। हालसम्म निर्वाचन सम्बन्धी तीन वटा उजुरी दर्ता भएको र ती उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिइएको छ।
केही राजनीतिक दलहरूले आचारसंहिता विपरीत प्रचार–प्रसार भएको गुनासो राखेका छन्। सम्बन्धित निकायले उक्त विषयमा आवश्यक छानबिन भइरहेको जनाएको छ।
सिन्धुलीका निर्वाचन अधिकृतले निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल तथा नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्। साथै प्रमुख जिल्ला अधिकारीले सूचना प्रवाह, आचारसंहिता पालना तथा सुरक्षा व्यवस्थाका विषयमा समयमै जानकारी गराउन आग्रह गरेका छन्।
सुरक्षा निकायले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।











प्रतिक्रिया