काठमाडौँ।
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। यही फगुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभरी बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको जानकारी दिए ।
मुख्यसचिव दुलालले देशैभरी कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएकाे बताए । एक पटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने त्यो समयमा उम्मेदवारी फर्तिा नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ ।कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु-१ बाट आषिश शर्मासहित ३ जना रहेका पनि मुख्यसचिव दुलालले जानकारी दिए ।











प्रतिक्रिया