१८ वटा पञ्चाङ्गकारको पात्रो बजारमा: अनुमति नलिई भित्तेपात्रो छाप्नेलाई १ लाखसम्म जरिवाना

940
Shares

काठमाडौं

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृतिबिना भित्तेपात्रोे (क्यालेन्डर) बजारमा ल्याए १ लाख रुपियाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । अस्ति शनिवारबाट पञ्चाङ्ग पात्रो बिक्रीवितरण खुला भएलगत्तै समितिले सो चेतावनी दिएको हो । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले तत्काल अनुगमन गरी कारबाही सुरु गर्ने जानकारी दिनुभयो ।

पात्रो सार्वजनिक भएपछि गृह मन्त्रालयले बिदा स्वीकृत गर्नेछ । बिदा स्वीकृत भएपछिमात्र भित्तेपात्रो बजारमा ल्याउन पाइनेछ । भित्तेपात्रो छाप्न समितिसँग अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था छ । समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन २०७९ को परिच्छेद १४ को शुल्क निर्धारणसम्बन्धी व्यवस्थाअनुसार निःशुल्क वितरण गरिने भित्तेपात्रोको तिथिमिति तालिकासहित ५ हजार, सःशुल्क बिक्रीवितरण गर्ने पात्रोको लागि १० हजार, समुदायलाई लाभ हुने सूचनासहित प्रकाशित हुने सामुदायिक एवं शैक्षिक संस्थाले आन्तरिक प्रयोजननका लागि २ हजार रुपियाँ शुल्क उल्लेख छ ।

सोही आधारमा समितिले अनुगमन गर्ने र अनुमतिविपरीत क्यालेन्डर प्रकाशित गरे १० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना लिने व्यवस्था गरेको छ । कार्यकारी निर्देशक पन्थीले समितिले सरकारले बिदा स्वीकृत गरेलगत्तै अनुगमन गर्ने जानकारी दिनुभयो ।

दिग्दर्र्शनमा परिच्छेद १५ को बँुदा नं ५६ मा भित्तेपात्रो निरीक्षण गर्न संस्कृति पर्यटन तथा नागरिक उड््डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयको प्रतिनिधि, समितिले तोकेको पञ्चाङ्गकारको प्रतिनिधि र समितिको प्र्रतिनिधि सम्मिलित केन्द्रीय अनुगमन समिति हुनेछ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

अनुगमनका क्रममा स्वीकृत नलिई भित्तेपात्रो वा पञ्चाङ्ग प्रकाशित गरेमा समितिले उक्त प्रकाशित सामग्री जफत गर्न, प्रकाशन रोक लगाउन र स्वीकृत लिई प्रकाशित भएका पञ्चाङ्ग र भित्तेपात्रोलाई हानि पु¥याएबापत कसुर हेरी १० हजारदेखि १ लाख रुपियाँसम्म बिगोबापत दण्ड जरिवाना गर्न सक्ने व्यवस्था छ ।
पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार सो आदेशको प्रयोग गरी समितिले क्यालेन्डरमाथि कडाइ गर्ने निर्णय गरेको थियो । गठन आदेशको दफा ७ को ‘ञ’मा पात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थालाई तोकिएबमोजिमको मापदण्डका आधारमा स्वीकृत दिने व्यवस्था छ । त्यस्तै ‘ठ’मा समितिको स्वीकृतिबिना प्रकाशन भएका पात्रो तथा क्यालेन्डर सम्बन्धमा जाँचबुझ गरी गलत रूपमा प्रकाशन गरेमा पात्रो तथा क्यालेन्डरको सूची प्रकाशन र प्रयोग गर्न रोक लगाउने उल्लेख छ ।

कानुनविपरीत बजारमा आफूखुसी क्यालेन्डर छापेर बेच्दा सार्जनिक बिदा र अन्य सूचनामा समेत एकरूपता आउन छाडेपछि यसमा कडाइ गर्न लागिएको हो । क्यालेन्डर स्वीकृति लिन प्रकाशकले डिजाइन र विवरणसहित समितिमा निवेदन दिनुपर्नेछ । त्यसपछि समितिले अध्ययन गरी तिथिमितिसहित स्वीकृति दिनेछ । यसले पात्रोको प्रतिलिपि अधिकार संरक्षणमा पनि सहयोग गर्ने समितिको दाबी छ ।

यसैबीच शनिवारबाट विसं २०८३ का लागि १८ वटा पञ्चाङ्गकारको पात्रो बजारमा आएको छ । तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, सूर्य, आकाशदर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तडतारानाथ, गौरीशंकर, भृगु–अङ्गिरा, कश्यप मुक्तिनाथ र आर्यावर्त पञ्चाङ्ग पात्रो छन् ।