मेष : तपाईंका लागि समय उत्तम छ । कार्य सिद्धि, शारीरिक स्वस्थता, मन हर्षित होला ।
वृष : दिन अनुकूल नहुँदा राज्यस्तरबाट धोका, मान–प्रतिष्ठामा आँच आउने सम्भावना छ ।
मिथुन : स्वास्थ्य समस्या, आर्थिक क्षति, काममा बाधा आउन सक्ने हुँदा सजग रहनुहोला ।
कर्कट : समय बलवान् छ । आर्थिक लाभ, सन्तोष, प्रतिष्ठा वृद्धि, हर्षोल्लास हुने देखिन्छ ।
सिंह : धन लाभ, पढाइमा प्रगति, खेलकुद आदि प्रतियोगितामा विजय हुने सम्भावना छ ।
कन्या : समय अनुकूल नहुँदा तनाव, वायुरोगको भय, कार्य असफल, शोक–सन्ताप हुन सक्छ ।
तुला : स्वास्थ्य समस्या, विवाद, व्यर्थको दौडधूप हुन सक्ने भएकाले सजग रहनु नै बेस होला ।
वृश्चिक : समय उत्तम छ । धन लाभ, पढाइ, जागिर, व्यापार तथा काममा सफलता होला ।
धनु : सजग रहनु बेस । व्यर्थको खर्च, मन चञ्चल, धन हानि, स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर : तपाईंका लागि दिन शुभ छ । धन लाभ, उपहार प्राप्ति, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।
कुम्भ : दिन शुभ देखिँदैन । कतैबाट डर, आर्थिक नोक्सानी, चोटपटक, निरर्थक खर्च हुन सक्छ ।
मीन : मिष्ठान्न भोजन, द्रव्य लाभ, विविध सेवा वा वस्तुको प्राप्ति हुने सम्भावना देखिन्छ ।











प्रतिक्रिया