लमजुङ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वी सुब्बा गुरुङ नौपटक चुनावमा उठ्दा पनि आफूहरूलाई कुनै समस्या नभएको भन्दै अरूलाई किन “टाउको दुखाइ” भन्ने प्रश्न उठाएका छन्।
लमजुङमा जारी चुनावी अभियानका क्रममा कार्यकर्ताहरूसँग बोल्दै उनले पृथ्वी सुब्बा जतिपटक चुनाव लडे पनि एमालेकै विषय भएको बताए। “पृथ्वी सुब्बा जतिपटक लडे पनि टाउको दुख्नुपर्ने हामीलाई हो, एमालेलाई हो। हामीले गर्वका साथ उहाँलाई अगाडि बढाइरहेका छौँ,” उनले भने, “यसमा अरूलाई किन समस्या?”
घलेले पृथ्वी सुब्बा गुरुङ लमजुङका लागि ‘हेभी वेट’ उम्मेदवार भएकाले लमजुङे जनताको आवाज सुन्ने र त्यसलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन सक्ने क्षमता उनीसँग रहेको उल्लेख गरे। उनका अनुसार अन्य उम्मेदवारहरूको तुलनामा पृथ्वी सुब्बा गुरुङ नै अनुभवी, सक्षम र राष्ट्रले चिनेको नेता भएकाले उनलाई जिताउन आवश्यक रहेको बताए।
उनले लमजुङको समग्र विकास, पूर्वाधार विस्तार र जनताको सरोकारका मुद्दालाई सशक्त रूपमा अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको भन्दै कार्यकर्तालाई सक्रिय भएर चुनावी अभियानमा जुट्न आग्रह गरे । काम र एजेण्डाले जित्न नसकेपछि चरित्रहत्यामा विरोधीहरू लागेको उनले बताए ।











प्रतिक्रिया