काठमाडौं ।
जाजरकोटको चुनिचाँदे गाउँपालिका–१०, लमाराका नरबहादुर रोकायको आज आइतबार नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ। उनी बाख्रा चराउन जंगल गएका बेला भिरमाथिबाट खसेको ढुङ्गाले टाउकामा लाग्दा घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार, स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्याए पनि ज्यान बचाउन सकिएन।











प्रतिक्रिया