महाशिवरात्रिमा डा. शेखर कोइरालाको एकता र समृद्धिको सन्देश


काठमाडौँ ।

डा. शेखर कोइरालाले महाशिवरात्रि पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार, मोरङ क्षेत्र नं. ६ तथा नेपाली कांग्रेसका नेतासमेत रहनुभएका कोइरालाले शुभकामना सन्देशमार्फत महाशिवरात्रिले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा सकारात्मक ऊर्जा र नैतिक मूल्यको प्रवर्द्धन गर्ने उल्लेख गर्दै देशमा शान्ति, समृद्धि र स्थायित्व कायम होस् भन्ने कामना गर्नुभएको छ।