काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने तथा कोशी र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।











प्रतिक्रिया