ज्ञानेन्द्र शाह झापा बसाइपछि राजधानी फिर्ता, विमानस्थलदेखि निर्मल निवासतर्फ प्रस्थान


काठमाडौँ ।

महिनौँ लामो झापा बसाइपछि शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्केका छन्। उनी काठमाडौंस्थित त्रिभुवन बिमानस्थलमा अवतरण गरेपछि महाराजगञ्जस्थित निर्मल निवास तर्फ प्रस्थान गरेका छन्।

विमानस्थल परिसरमा उनका समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। समर्थकहरूले नाराबाजी गर्दै स्वागत गरेका थिए भने गाडीमा सवार पूर्वराजा शाहले हात हल्लाउँदै अभिवादन गरेका थिए।

सम्भावित भीडलाई ध्यानमा राख्दै विमानस्थल क्षेत्र र आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो। ट्राफिक व्यवस्थापनका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।