‘गरिमा सुवर्ण योजना’ लाई निष्काशन अनुमति


काठमाडौं ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रुपमा ५० करोड रकम बराबरको प्रति इकाई १० रुपियाँको दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् ।

यसअघि सार्वजनिक निष्काशन गरिएको .१ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ हाल सञ्चालनमा रहेको छ ।