फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ बाट उज्यालो नेपाल पाटी बाट राजन खड्गीले उम्मेदवारी दिएका छन । टेकु निवासी खड्गी हाल ३२ वर्ष उमेरमै उम्मेदवार बनेका हुन् । डेढ दशकदेखि सम्पदा संरक्षण अभियानमा लागि पर्दै आएका उनी एक जुझारु युवाको रुपमा हेरिएको छ ।
उनमा सम्पदा संरक्षण विषयको लामो अनुभव । अभियन्ताको परिचय बनाउँदै गर्दा उनीप्रति राजनीतिमा अलिकति चाख बढ्यो । समाजलेपनि उनलाई एकपटक सांसद भएको हेर्ने इच्छा देखाए । स्थानीय र आफन्तले उनलाई सधैँ भन्ने गरेका हुन्थे–एकपक ‘तैले उम्मेदवार बन्नुपर्छ ।
जनताको आवाज बोल्ने,अन्यायविरुद्ध निडर रूपमा उभिने र न्यायको पक्षमा सधैं अग्रपंक्तिमा रहने अभियन्ताका रूपमा परिचित खड्गीलाई यसपटक उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
पार्टीका अनुसार खड्गी यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवारमध्ये एक मात्र होइन, स्थानीय तहमा व्यापक रूपमा चिनिएका र लोकप्रिय उम्मेदवारसमेत हुन्। युवाको ढुकढुकी र स्थानीय जनताको चाहनाले यसपटक उनलाई ‘सडकदेखि सदनसम्म’ देख्न चाहेको संकेत देखिएको छ ।
राजन खड्गी विगत डेढ दशकदेखि ‘हाम्रो जात्रा, हाम्रो संस्कृति, हाम्रो राष्ट्रिय पहिचान, हाम्रो भाषा, हाम्रो भूमि, हाम्रो नदीनाला र नागरिक अधिकार’ का लागि निरन्तर राज्यसँग आवाज उठाउँदै आएका अभियन्ता हुन्। जात्रा–पर्व संरक्षणदेखि ऐतिहासिक सम्पदा जोगाउने अभियानसम्म उनी सधैं अग्रपंक्तिमा देखिँदै आएका छन ।
अहिले मैले काठमाडौंका धरोहर संरक्षण गर्न उज्यालो नेपाल पाटीबाट उम्मेदवारी दिएको छु । काठमाडौंमा रहेका विभिन्न मठमन्दिर,पाटीपौवा, गुम्बा आदिको संरक्षण गर्ने जिम्मा मेरो काँधमा छ । मैले यस क्षेत्रमा गरेको त्यागका कारण मलाई उम्मेदावर बन्न मेरा शुभचिन्तकले झक्झकाउनुभयो । अनि मैले यहाँबाट उम्मेदवारी दिए ।
मेरा बुबाले मलाई यहाँका सांस्कृतिक धरोहरहरुका संरक्षण गर्न सिकाउनुभयो । आमाले समाज चिनाउनुभयो । मैले पनि भावी दिनमा मेरा सन्तानलाई यसको संरक्षण गर्न सिकाउनुर्छ भनेर उम्मेदवारी दिए । म जन्मेको जिल्लामा धेरै जात्रा तथा पर्व मनाइने भएकाले यसलाई व्यवस्थित रुपमा अघि बढाउनु मेरो कर्तव्य हो । म सम्पदा संरक्षणको काममा सदैव लाग्नेछु ।
विगतको निर्वाचन विजयी हुनुभएका निःवर्तमान काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको झापा क्षेत्र नं ५ मा गएर ‘म चुनाव जित्छु भनी लागि पर्नु भएको छ’ मैले पनि भने किन मेरो क्षेत्रमा म नउठ्ने ? अनि विजयी नहुने ? भनी उज्यालो पार्टीबाट उम्मेदवारी दिएको हुँ ।
मेरो निर्वाचन क्षेत्रमा २२ जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये नया जोश र जागर बोकेको युवाको हैसियतमा सबैभन्दा कान्छो उम्मेदवार हुँ । मेरो काधमा दुई विश्वसम्पदालाई विश्वभर परिचय दिने अभिभारा छ । विशेषगरी मेरो परिचय समाजसेवी हुँ । त्यो भन्दापनि ठुलो परिचय अभियन्ता हु । मलाई यो क्षेत्रको हजारौ सम्पदा प्यारो लाग्छ । संगसंगै मतदाताको पनि माया लाग्छ ।
म काठमाडौं भित्रको छोरा हुँ । मेरो आवश्यकता यस क्षेत्रमा रहेकाले उम्मेदवारी दिएको छु । मेरो मनसाय उज्यालो पाटीबाट विजयी हुनु हो । म कुनै उम्मेदवारको मत काट्न खडा भएको होइन् । यहाँका जनताले मलाई ‘तपाई चुनावमा यहाँबाट उठ्नै पर्छ है राजन जी’ भन्नुभएकाले जनताको आशा र भरोसा कासाथ विजयी हुने उद्देश्यले निर्वाचनमा होमिएको हुँ ।
यो क्षेत्रबाट हाल उम्मेदवारी दिनुभएका पूर्वसांसद तथा पूर्वसांसदको बुढीहरुका साथै पूर्वसांसदको ज्वाइँहरुलाई हराएर म संस्कृति र सम्पदा मन्त्री बन्नेछु । यो मेरो चाहना हो । यस कुरामा म दृढपनि छु । तपाईको साथले मेरो जित सुनिश्चित जस्तै भएको छ । मेरो निर्वाचन क्षेत्रमा दुईवटा विश्व सम्पदा क्षेत्रमा सुचिकृत स्थान छन् ।

ती क्षेत्रमा हनुमानढोका दरवारक्षेत्र र स्वयंभूनाथ मन्दिर हो । यी मात्रै होइन् काठमाडौंमा भएका आकाश भैरब र स्वेत भैरव , विजयश्वरी र भीमसेनथान यस्ता थुप्रै मठमन्दीर यस क्षेत्रमा छ । यी मठमन्दिर र गुम्बाको संरक्षण गर्नु अब मेरो दायित्व भइसकेको छ ।
मैले उम्मेदवारी दिएको पार्टीको बलियो संगठन छैन तर म जनताको मनमनमा छु । मैले चिनजानका घरहरु तथा साथीभाई एवं आफन्तकोमा गएर गरिरहेको छु । यो क्षेत्रका सबै घर मेरै घर हुन । सबै मतदाता मेरा आफन्छ हुन । म मेरो क्षेत्रका जनताको मनमा रहेकाले आफ्नै हिसावमा प्रचार गरिरनेछु ।
भन्नुपर्दा म मध्यम वर्गको व्यक्ति हुँ । मेरा बाबुआमाले मलाई दुःख गरेर बोर्डिङ पढाउनुभयो । मेरो पालामा १८ घण्टा बत्ती जान्थ्यो । बत्तीको एकदमै दुःख थियो । मैले त्यस समयमा मेरो अध्ययन अघि बढाउन टुकी बत्ती बालेर पढ्नुपथ्यो । एसएलसीपनि टुकी मुनी पढेर दिएको हुँ । अब मेरो जस्तो दुःख आउँने पीढिले नपाउन भनी मैले उज्यालो पाटीलाई समर्थन गरेको हुँ ।
बर्षमा एकपटक मनाइने तिहारपर्व जस्लाई नेवारीमा स्वन्ती नखः भन्छन् । त्यसबेला जतातदै अन्धकार हुन्थ्यो । त्यसबेला मलाई लाग्ने गरेको थियो । धिक्कार मेरो देश जलस्रोतको धनी देशमा सबै लोडसेडिङ त्यसपछि मेले सोचे तिहारको समय हुँदा हाम्रो मुलुकमा त झनै उज्यालो हुनै प¥र्यो नि ।
त्यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान धिसिङको योगदानलाई सम्झिए । उहाँलेनै उज्यालो पर्वलाई ख्याल गरी हाम्रो पार्टीका नेता कुलमान घिसिङ्गले त्यस समयमा दैनिक बत्ती बल्न व्यवस्था गरिदिनुभयो । हालसम्म उहाँकै कारण नेपाल लोडसेडिङमुक्त देशको रुपमा चिनिएको छ ।
घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाएकोले मैले उहाँलाई सम्झे । उहाँले देशलाई कसैले नबिर्सने गुन लगाउनुभएकोले त्यसबेलादेखि म उहाँको समर्थक भए । अरु पार्टीका नेताले मात्र गफ गर्छन् । तर कुलमानले काम मात्र गर्ने भएकाले उहाँलाई मैले सहयोग गरेको हुँ । कुलमानलाई यसअघि पदबाट हटाउन खोज्दा मैले उहाँको समर्थनमा आन्दोलनमा पनि भाग लिएको थिए । सो समयमा आन्दोलनमा कुलमानलाई समर्थन गरेकोले मैले कुटाई खाए । मेरो टाउको फुट्यो ।
त्यसबेलापनि म कतिपनि आत्तिन । आन्दोलनलाई थप उचाइमा पु¥याउन लागे । त्यसैबेला मैले कुलमानको समर्थनमा एउटा नारा बनाए त्यो थियो–‘कता हिड्को कुलमान फालेर, बत्ती निभाएर । मैले बनाएको नारा एकदमै चर्चित भएको थियो । मैले कुलमानको समर्थनमा यो नारा लेखेको थिएँ । कुलमानले राजनीतिमा आउनुअघि सयौँ मानिसका माझ मलाई ‘के तपाईहरु साथ दिनुहुन्छ’ भनी प्रश्न गर्नुभएपछि ‘मैले हुन्छ म साथ दिन्छु’ भनेको थिएँ अब उहाँ चुनावमा खडा हुनुभएपछि मैले उहाँलाई साथ दिनै प¥र्यो नि ? भनेर उम्मेदवारी दिएको हुँ ।
खड्गीलाई न कसैसँग डराउने, न लोभ–लालचमा पर्ने, न कसैको अगाडि झुक्ने व्यक्तित्वका रूपमा चिनिन्छ । अन्यायको विरुद्ध आवाज उठाउने र न्यायका लागि निरन्तर लड्ने स्वभाव नै उनको राजनीतिक यात्राको आधार बनेको छ ।
जात्रा–पर्वप्रति विशेष लगाव राख्ने खड्गी लामो समयदेखि स्वयंसेवकका रूपमा जात्रा व्यवस्थापनमा सक्रिय रहँदै आएका छन । खड्गीले ‘सम्पदादेखि संगीतसम्म, अब सडकदेखि सदनसम्म’ भन्ने नारासहित आफ्नो अभियान अघि बढाएका छन् ।
सो क्षेत्र वडा नं ८ मा कामपाको वडा नं १३, १५, १९, २०, २३ र २४ पर्छन् भने नागार्जुन नगरपालिकाका वडा नं ४ र ५ गरी यस क्षेत्रमा कूल ५७ हजार ८११ मतदाता छन् ।सो क्षेत्रमा २७ हजार ९१९ पुरुष र २० हजार ८०८ महिला मतदाता हुन् ।
राजनसंगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ, नेपाली कांग्रेसकी सपना राजभण्डारी, नेकपा एमालेका राजेश शाक्य र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमी लगायतले उम्मेदवारी दिएका छन् ।











प्रतिक्रिया