उदयपुर १ मा त्रिपक्षीय प्रतिस्पर्धा 

940
Shares

उदयपुर ।

 आउँदो फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरको दुवै क्षेत्रबाट जम्मा ३१ जना दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । १ नंमा १८ जना र २ न्ंमा १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तर खास गरी प्रतिस्पर्धा भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बिच हुने देखिएको छ ।

उदयपुरको १ नं निर्वाचन क्षेत्रमा यस अघि पटक पटक विजय हासिल गरेका नेपाली कांग्रेसका डा नारायण खड्काले यस पटक उम्मेदवारी दर्ता नगराएका कारण नेकाबाट विदुर बस्नेत उम्मेरबार छन । तर विगतमा नारायण खड्काले नेपाली कांग्रेसका तर्फबाट गरेको प्रतिबद्धता पुरा नगरेकोले यस पटक नेकाका विदुर बस्नेतलाई जित हात पार्न सहज नभएको विश्लेषण गरिएको छ । किनभने डा. खड्काले धेरै आश्वासन दिए तर केही पुरा नभएको, विमानस्थल बनाउन भनेर सरकारी धनका रुपमा रहेको १५६ हेक्टर वन धवस्त पारेर त्यहाबाट पाप्त काठ दाउराको व्यवस्थापन गर्न नसकेको र विमानस्थल बनाउने, गाईघाट फत्तेपुर सडकमा रहेको २२ वटा साना ठूला खहरे खोलाहरुमा पुल बनाउने, चौदण्डीगढी नपा ५ को बेलहा र सिवाई जोड्ने त्रियुगा नदीको पुल निमार्हण सम्पन्न गराउन नसकेको, अन्य जिल्ला स्तरका, निर्वाचन क्षेत्र स्तरका सडक, पुल पुलेसा तथा सिंचाई खानेपानी , विद्यालय लगायतका धेरै प्रकारका भौतिक संरुचना निर्माण गरिदिने भनेर जनताले मतदान गरी पठाएकोमा सो पुरा नगरेका कारण पनि यस पटक नेकाले नराम्ररी धक्का व्यहोर्नु पर्ने आँकलन स्थानीयले गरेका छन् ।

१ नं निर्वाचन क्षेत्रबाट नेकपा एमालेबाट दुर्गा कुमार थापा स्वस्ती र नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी उम्मेदवार बनेका छन । यी  दुवै जना पूर्व नगर प्रमुख हुन । थापा तत्कालिन रामपुर ठोक्सिलाको गाविस अध्यक्ष हुँदै पछि बेलका नगरपालिका भएपछि बेलका नपाको निर्वाचित नगर प्रमुख हुन भने चौधरी त्रियुगा नगरपालिकाको पूर्व नगरप्रमुख हुन । आ आफ्नो ठाउँमा दुवै जना उतिकै लोकप्रिय रहेको र विकास निर्माणका काममा जनताका गुनासो सुन्ने समाधान गर्ने काममा पनि विशेष ध्यान दिने स्वभावका रहेकोले रोचक प्रतिस्पर्धा हुने बताइएको छ ।तर चौधरीको पहुँच पनि कम छैन । उदयपुरको तीन नगरपालिका समेटिएको १ नं निर्वाचन क्षेत्रमा थारु बाहुल्यता करिब २३ हजारको हाराहारीमा रहेकोले जितको नजिक पुग्न सक्ने आँकलन पनि एक थरिले गरेका छन । 

अर्काथरि मतदाताले भने चौधरी प्रचण्डको साँठगाँठमा बनेको नेपाली कम्युनिस्ट पार्टीको बैशाखी बनेका माधव नेपालको समुहका भएकोले नेकपा समावादीबाट नै उम्मेदबारी दिंदा माधव नेपालको समुह संकटमा परेको हुँदा र अर्कोतिर अब पहिलेको जस्तो गरी चौधरीहरुको जातिय मत  पनि एकत्रित हुन नसक्ने भएकोले सो मत बाँडिन जाँदा सूर्य चिन्हका दुर्गा कुमार थापाको पोल्टो भारी बन्न सक्ने सम्भावना पनि बलियो रहेको मतदाताहरु बताएका छन ।

एमालेका ध्वजा बाहक उम्मेदवार दुर्गा कुमार थापा स्वस्तिको मत प्रतिबद्ध एमालेको मतदाता बाहेक विकास निर्माणका हिसाबले, व्यक्तिगत चिनाजान आत्मियताका हिसाबले, जनताको समस्या बुझेका, भिजेका हिसाबले किसान संगठनको नेतृत्वमा रहेका कारण किसानहरुको समस्यासँग जुधेका भिजेका कारण मततान्न सक्ने क्षमता भएकोले सबैभन्दा अगाडि आउन सक्ने आँकलन पनि गरिएको छ ।

 विगतमा हाल समानुपातिक उम्मेदवार रहेकी पूर्व शहरी विकास रमज्यमन्त्री बनेकी मञ्जु कुमारी चौधरीले र उनका लक्ष्मी नारायण चौधरीले तीन पटक जितेको क्षेत्र भएकोले विगतको विरासत यस पटक फर्कन सक्ने सम्भावना बलियो  रहेको देखिन्छ ।

अन्य दलका हिसाबमा राष्ट्रिय स्वतन्त्र पार्टीका पारसमणि गोलाल  राजनीतिक पृष्ठभूमि नभएका, बाहिर जिल्लाबाट आएका , जनतासँग भिज्न नसकेको, चुनावी एजेण्डा केही नभएकाले र जनता माझमा कुन प्रतिबद्धता तथा बाचा कहीँ नभएकोले गाउँमा बाह्य हल्ला भए पनि आन्तरिक रुपमा जनताको मन जित्न नसकेकोले तीन दल विच नै मुख्य रुपले प्रतिष्पर्धा हुने स्थानीय जनता बिचमा चर्चा छ ।

जम्मा १८ वटा राजनीतिक दलका उम्ेमेदवार चुनावी मैदानमा रहेको उदयपुर १ मा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट डा देवराई राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोर्कण राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल छन् ।

यसैगरी नेकपा एमालेबाट दुर्गाकुमार थापा स्वस्तिक, श्रमसंस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट कश्वेशोर चौधरी, जनता समाजवादीबाट गणेशकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी, नेपाली कांग्रेसबाट विदुर बस्नेत, मङ्गोल अर्गनाइजेशन पार्टीबाट बद्रिविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि गेलाल, नेकपा माओवादीबाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई र उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङ रहेका छन् ।