कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।
बाणगंगा नगरपालिका–८ धनेपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नै फेसबुक वालबाट ती कागजात सार्वजनिक गरेका थिए। उक्त कागजात सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा रहेका संवेदनशील कागजात सार्वजनिक गरी गोपनीयता भंग गरेको तथा सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाएको भन्दै उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस विषयमा भट्टराई पक्षबाट भने औपचारिक प्रतिक्रिया आइसकेको छैन। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।











प्रतिक्रिया