काठमाडौँ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि मतदताले हसिया हथौडा खोजिरहेको दाबी गरेका छन् ।
आफूहरु तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिए पनि जनताले भने हसिया हथौडा नै खोजिरहेकाले तारा चिन्ह चिनाउनुपर्ने अवस्था रहेको बताए।
पोखरामा कार्यकर्ता भेटघाटका क्रममा दाहालले केही व्यक्तिहरु अहिले पनि निर्वाचन नहुने भन्दै भ्रम फैलाउन लागिपरिहेको भए पनि चुनाव हुने विषयमा कुनै दुविधा छैन भने । नेकपा एमालेप्रति लक्षित गर्दै उनले सूर्य भन्दा तारा धेरै माथि रहेको दाबी समेत गरे ।
फेक न्युजका कारण अहिले समस्या भईरहेको भन्दै उनले आइटीको कार्यालय नै खडा गरेर चुनावी अभियानमा आफूहरु लागेको बताए ।











प्रतिक्रिया