रामेछाप बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो


काठमाडौँ।

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ६ जनाले ज्यान गुमाएका थिए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनपछि हालसम्म ९ जनाले ज्यान गुमाएका हुन् ।

घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।