चितवनमा नारायणी नदीमा हाम फालेकी महिलालाई सशस्त्र प्रहरीले उद्धार


चितवन ।

चितवनको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी २० वर्षीया सविना परियारलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सविना परियारले सोही दिन नारायणी पुलबाट हाम फालेकी थिइन्। घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकको टोली, सहायक निरीक्षक गंगाराज गोलेको कमान्डमा, तत्काल उद्धारमा लागी सफल भएको छ।

उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको छ।