रौतहटको चन्द्रपुरमा पुरुषको शव फेला

846
Shares

रौतहट।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगरमा रहेको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ।
स्थानीय बासिन्दा राधेश्याम साहका अनुसार पोखरीमा शव देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि प्रहरी चौकी चेतनगरबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार हालसम्म शवको पहिचान खुल्न सकेको छैन भने घटनाको कारणबारे पनि अनुसन्धान जारी रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।