वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा (तस्बिरहरू)


काठमाडौँ ।

शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ ।

बोर्डमा ल्याउनु अघि थापाको शव पोस्टमार्टम गरिएको थियो । ६८ वर्षीया थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरी तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।