काठमाडौँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले सुरक्षाका विषयमा कुनै पनि कमजोरी हुन नदिन मन्त्रालय मातहतका सबै सुरक्षा निकायलाई हाई अलर्टमा रही काम गर्न निर्देशन दिए ।
बैठकमा निर्वाचन तयारीका सम्बन्धमा यसअघि भएका बैठकहरूले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो । साथै, निर्वाचन नजिकिँदै जाँदा देखा पर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई समयमै पहिचान गरी तिनलाई चिर्न आवश्यक रणनीति र कार्ययोजना तय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री अर्यालले शान्ति, सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय र सतर्कता आवश्यक रहेकोमा जोड दिएका छन् ।











प्रतिक्रिया