स्रोत नखुलेको ४ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ

1.79k
Shares

रौतहट।

रौतहट प्रहरीले चेकजाँचका क्रममा स्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ।
गौर नगरपालिका–३ स्थित गौर भन्सार कार्यालयबाट बीपीचोकतर्फ जाँदै गरेको BR30U7247 नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाइछिपाइ राखिएको ४ लाख ९९ हजार रुपैयाँ बरामद गरेको हो।

बरामद रकमसहित गौर नगरपालिका निवासी ४४ वर्षीय राकेश प्रसाद कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।