काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ ।
थ्री अन थ्री बास्केटबलमा त्रिभूवन विश्वविद्यालय (त्रिविवि) ले दोहोरो उपाधि जितेको छ । त्रिविििव पुरुष÷महिला दुवैमा च्याम्पियन बनको हो । पुरुषको फाइनलमा त्रिविविले पूर्वाञ्चाल विश्वविद्यालयलाई २१–९ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा त्रिविविले काठमाडौं विश्वविद्यालयलाई १५–४ ले हरायो । पुरुषमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तथा महिलामा पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझाए ।
टेबलटेनिसको पुरुष सिंगल्समा त्रिविविका हिमाल विष्ट र सुजन गडाला, पूर्वाञ्चलका श्रृजल सुवाल तथा सुदूरपश्चिमाञ्चलका आयुश बम सेमिफाइनलमा पुगे । सोही स्पर्धाको महिलामा त्रिविविकी वियंका राई र योङ्गी पौडेल तथा काठमाडौं विश्वविद्यालयका आस्मा पाण्डे र स्वस्ती प्रधानले सेमिफाइनल यात्रा तय गरे ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा त्रिविविका क्षितिज खनाल, नरेन्द्र बम, त्रिभूवनका दिप्रिस वज्राचार्य र काठमाडौंका श्रीलंकाली थनु सिक्का गुना ओर्डेना सेमिफाइनलमा पुग्न सफल भए । त्यसै स्पर्धाको महिलामा त्रिभूवनका रशिला महर्जन र भुवन खेडान तथा काठमाडौंकी प्रसुना खत्री र विपिकाले सेमिफाइनलमा स्थान बनाए ।
काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालिको सहआयोजना तथा केआइईस एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा भइरहेको प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल (थ्री बाइ थ्री) र भलिबल गरी ५ खेल समावेश छन् । दुईदिने प्रतियोगितामा विभिन्न ९ विश्वविद्यालयबाट २ सय ७९ खेलाडी सहभागी छन् । भलिबलमा भने छात्रतर्फ मात्र प्रतिस्पर्धा हुनेछ ।
विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरिएको प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।











प्रतिक्रिया