नेपालले दुई वार्मअप खेल जित्यो


काठमाडौं।

टी २० विश्वकपअघि अभ्यासको रूपमा खेलेका दुई वार्मअप खेलमा जित हासिल गरेको छ । नेपालले पहिलो वार्मअप खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । बिहीबार भएको क्यानडाविरुद्ध पनि नेपालले जित हासिल ग¥यो ।

बिहीबार चेन्नाईमा भएको खेलमा क्यानडाले १ सय ६२ रनको बलियो लक्ष्य दिएको थियो । तर, नेपालले १८ ओभरमै चार विकेटको क्षतिमा सो लक्ष्य पाएको थियो । टोलीका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यस्तै, सन्दीप जोराले ४४ रनको योगदान दिए । त्यसपछि आएका गुलसन झाले नटआउट हुँदैं ३१ रन बनाएका थिए ।