बैतडी।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा आज दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए । पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए । अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ।











प्रतिक्रिया