बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका एक नेताले पार्टी परित्याग गरेका छन्। रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी छाडेको घोषणा गरेका हुन्।
पार्टीले उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सन गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसलाई कार्यान्वयन नगरी उम्मेदवार चयन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। रुपन्देही–१ बाट कुँवरसहित ६ जनाको नाम सिफारिस भएकोमा पार्टीले सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो।
उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ संकलन गरिए पनि प्राइमरी इलेक्सन नै नगरिएको, साथै राष्ट्रियता सम्बन्धी पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको कारण पार्टी परित्याग गर्नुपरेको डा. कुँवरले बताएका छन्।
उम्मेदवार बनेका सुनिल लम्साल यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकालमा सल्लाहकारको भूमिकामा रहेर काम गरेका थिए।











प्रतिक्रिया