नवलपरासी।
आसन्न निर्वाचनलाई शान्ति सुरक्षासहित भय रहित वातावरणमा सम्पन्न गर्न नवलपरासी पूर्वमा सैन्य समूह परिचालन गरिएकाे छ ।
दुई निर्वाचन क्षेत्रलाई आधार बनाउँदै नेपाली सेना,सशस्त्र सहितका सुरक्षा अंगहरूले बुधवार देखिनै जिल्लामा परिचालन भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
प्रजिअ पाण्डेयका अनुसार नेपाली सेना नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखाेरसहित कावासोती,अमरापुरी र झ्याल्टुङ डाँडा तथा सशस्त्रको भैसाखाेरी क्याम्प अतिरिक्त देबचुली र मध्यबिन्दुकाे चाेरमारामा बेसले गस्ती गर्ने छ ।
निर्वाचनमा,मतपत्र ओसार पसार, उम्मेदबार सुरक्षा, चुनाव प्रसारकाे रेखदेख,मतदान स्थल, मतपेटिका लगायतकाे सुरक्षामा प्रहरी सशस्त्र रहे पनि मतदातालाई भय रहित वातावरणमा ढुक्कसंग मतदान गर्ने स्थिति बनाई राख्न सेना सहितकाे सुरक्षा दस्ता बाह्य घेरामा परिचालित हुने बुझिएको छ ।
याे सँगै सेनाले मुख्य बजार,चाेक र सडकमा आफ्नो सुरक्षा गस्ती अगाडि बढाई सकेको छ ।











प्रतिक्रिया