काठमाडौं ।
काठमाडौं महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले कामपालाई चुस्त बनाउन आफ्नै सचिवालयसहित महत्त्वपूर्ण विभागमा प्रमुखको जिम्मेवारी हेरफेर गरेकी छन् । सचिवालय चुस्त नभएको गुनासो बढिरहँदा काबा मेयर डंगोलले महत्त्वपूर्ण विभागको कर्मचारीको जिम्मेवारी हेरफेर गरेकी हुन् ।
पदभारग्रहण गरेको १८ दिनमा सचिवालय र विभागमा हेरफेर गरेकी हुन् । मेयर डंगोलले माघ ५ गते काबा मेयरको पदभार ग्रहण गरेकी थिइन् । काबा मेयर डंगोलको निर्देशनमा प्रशासन विभागसहित आधादर्जन उच्चकर्मचारी जिम्मेवारी हेरफेर गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुुँरागाईले हिजो बिहीबार सहकारीविभाग प्रमुख महेश काफ्लेलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् भने प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेलाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइएकोको छ ।
स्रोतकाअनुसार खरिद इकाई प्रमुख रामरतन साहलाई प्रशासन विभागमा लगिएको थियो । उनको करिब साता दिनअघि जिम्मेवारी हेरफेर भएको थियो । सोही दिन विपद व्यवस्थापन विभाग प्रमुख जगदीश अर्याललाई खरिद इकाई प्रमुखको जिम्मेवारी दिइएको छ भने विपद् व्यवस्थापन विभागको निमित्त प्रमुखको जिम्मेवारी प्रवीण प्याकुरेलले पाएका छन् । त्यस्तै बुधबार नमराज ढकाललाई शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
लामो समयदेखि कानुन विभाग प्रमुख रहेका वसन्त आचार्यलाई काबा मेयर सुनिता डंगोलको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ भने कानुन विभागको निमित्त प्रमुखमा शुसिल कुँबरलाई जिम्मेवारी दिइएको छ । वरिष्ठ शाखा अधिकृत सन्तु श्रेष्ठलाई काबा मेयर सचिवालयमा लगिएको छ । काबा मेयर डंगोलको सचिवालय चुस्त नभएको गुनासो आएको बेला मेयर डंगोलले सचिवालयमा दुई वरिष्ठ अधिकारी नियुक्ति गर्नुभएको हो ।











प्रतिक्रिया