मुगु।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनावका लागि विभिन्न दलका उम्मेदवार मत माग्न गाउँगाउँ जान थालेका छन्। तर उनीहरूसँग न कुनै एजेन्डा छ न त कुनै मुद्दा । उनीहरूको घोषणापत्र तथा प्रतिबद्धतापत्र बिना नै मतदातामा भोटको गुनासो भई रहेको छ ।
चुनावी घोषणापत्रमा आफ्नो पार्टीको वैचारिक र सैद्धान्तिक पहिचानलाई स्पष्ट प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक नगर्दा जनतामा अन्योल देखिएको छ ।
घोषणापत्र र प्रतिबद्धताभन्दा व्यवहार अर्कै गर्ने राजनीतिक दलहरूको प्रवृत्तिका कारण पछिल्लो समय घोषणापत्रको महत्व पनि घट्दै गएको स्थानीय बिक्रम बहादुर शाहीले बताए ।
प्रतिबद्धतापत्रमा लेखिएका कुरा कार्यान्वयन नहुने भएकाले पनि मतदाताले व्यक्ति हेरेर मतदान गर्न थालेको छन् भने घोषणापत्रको सोधखोज गर्न छाडेको बताउँछन् । रारा नगरपालिका-४ मुर्माका स्थानीय हरिबहादुर रोकायाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी मुगुका उम्मेदवार भुवन टमटाकाका अनुसार घोषणापत्र छिट्टै आउनेचाहिँ बताए । घोषणापत्रका लागि सुझाव सङ्कलन गर्ने काम भइरहेको छ तर उनले घोषणापत्रका लागि मात्र होइन, कामका लागि घोषणापत्र बनाउन लागिएको बताए ।
खत्याड गाउँपालिका २ का स्थानीय लालबहादुर शाहीकाले चुनाव जितेका नेताहरू एक पटक पुनः चुनावमा मात्र गाउँ आउने गरेको गुनासो गरे । उनी भन्छन्,“मतदाताले आफ्ना समस्या उम्मेदवारलाई सुनाइरहेका छन् । विशेष गरी सडक, खानेपानी, स्वास्थ्य उपचार, सर्वसुलभ शिक्षालाई मुख्य माग बनाइएको छ ।सोरू गाउँ पालिका-८नागरिक अगुवा मानबहादुर बुढाले बताए ।











प्रतिक्रिया