त्रिभुवन विमानस्थलबाट उडेको टर्किस एयरलायन्सको विमानमा समस्या, कलकत्ता डाइभर्ट


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलायन्सको विमानमा इन्जिनमा समस्या देखिएको छ।

विमानस्थलबाट उडे लगत्तै विमानको एक इन्जिनमा अन फायरको संकेत देखिएको थियो। यसपछि विमान चालकले तत्काल सुरक्षा उपाय अपनाउँदै जहाजलाई कलकत्ता (कोलकाता) विमानस्थलमा डाइभर्ट गरेका छन्।

विमानमा यात्रु सुरक्षित रहेको र अहिलेसम्म कुनै चोटपटक वा दुर्घटनाको सूचना नभएको एयरलाइन्सले जनाएको छ। यस घटनापछि विमानस्थलमा आपतकालीन तयारी सक्रिय गरिएको थियो।

विमानस्थल स्रोतका अनुसार, इन्जिनको प्रारम्भिक जाँचको लागि विमान कलकत्तामा अवतरण गरेपछि विस्तृत फरेन्सिक निरीक्षण गरिनेछ।

अहिलेसम्म इन्जिनमा समस्या के कारणले देखियो भन्ने पुष्टि हुन सकेको छैन। एयरलायन्सले यात्रु र सामानको सुरक्षा सुनिश्चित गर्दै थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।