हेटौंडा, (नेस)। लोकप्रिय गीतकार किरण खरेललाई हेटौंडामा बिजुलीमाया वन श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित गरिएको छ। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौंडामा एक समारोहबीच एक लाख रुपैया“ नगदसहित खरेललाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो।
२०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको शीर्ष गीत वसन्त नै बस्न खोज्छ यहा“ लोलाएर बोलको गीत नसुनेका सायद नेपाली कमै होलान्। गीत लेखिएको ६ दशक पुगिसक्दा पनि खरेलको यो गीतका श्रोता घटेका छैनन््। २०२२ सालमा माइतीघरका लागि पहिलोपटक फिल्मी गीत रचेका उनै खरेल एक लाख नगदसहित हेटौंडामा सम्मानित भएका हुन्। उनले सयभन्दा बढी नेपाली फिल्मका लागि गीति अक्षर कु“देका छन्।
कुनै समय नेपाली फिल्मका गीतमा उनको एकछत्र जस्तै थियो।ए दुरका सितारा बोलको गीतबाट २०१४ सालदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार खरेलले हालसम्म ७ सयभन्दा बढी गीत लेखेका छन्। खरेल माइतीघरअगाडि नै गीतकारका रूपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए। गीत रेकर्ड गर्न पनि भारतको कलकत्ता पुग्नुपर्ने समयमा नै २०१४ सालमा एउटा गीत चर्चाको शिखरमा पुगिसकेको थियो उनको ए दुरका सितारा। उनले परम्परावादी गीतिलेखनको पुरानो ढर्रा भत्काएर त्यही गीतबाट नेपाली आधुनिक गीतको युग सुरु गरेका हुन्।
सफलताको सि“ढी चढ्दै जा“दा पनि उनले आफ्नो साधनामा कमी ल्याएनन्। उनले जीवनको ६ दशकभन्दा बढी समय गीत लेखनमै सक्रिय रूपमा बिताएका छन्। खरेलले माइतीघरस“गै, सिन्दुर, आघात, कन्यादान, तृष्णा, सारंगी, नाता रगतको, जीवनरेखा, कुमारीलगायत सयौं फिल्मका लागि सदावहार गीत लेखेका छन्। उनका ४ गीतिसंग्रह पनि प्रकाशित छन्।
हेटौंडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमा जीवित रह“दा २०६४ सालबाट पुरस्कार सौजन्य गर्दै आएका छन्। खरेललाई प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले सम्मानपत्र प्रदान गरे।
प्रतिष्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउ“दै आएका सर्जक, स्रष्टालाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको छ। कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मानस्वरूप तरंग सांस्कृतिक परिषद्को पहलमा २०५९ भदौ ७ गते भीम विराग संगीत साहित्य कला प्रतिष्ठान स्थापना भएको थियो। आधुनिक गीत लेखनदेखि फिल्मी गीतसमेत महत्वपूर्ण र सफल गीत सिर्जना गरेका खरेलको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको अन्तर्राष्ट्रिय संगीत पुरस्कार उनलाई प्रदान गरिएको आयोजकले जनाएको छ। ५० हजार रुपैया“बाट सुरु गरिएका पुरस्कारको राशि २०६७ सालदेखि एक लाख पु¥याइएको छ।
अमर गुरुङलाई पहिलो पटक प्रदान गरिएको पुरस्कार क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, डा. किरण प्रधान, राजेन्द्र थापा र नीर शाहलाई प्रदान गरिसकिएको छ।











प्रतिक्रिया