महासचिव पोखरेलकाे दावी:  झापा- ५ मा केपी ओलीको जितमा कुनै जोखिम छैन 


काठमाडौँ। 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा- ५ मा निर्वाचनमा विजयी हुन कुनैपनि समस्या नरहेको दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको सामाजिक सञ्जालमा हल्ला-खल्ला भएपनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उनले दाबी गरेका हुन् । काठमाडौंमा शुक्रबार आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा-५ का मतदाता राजनीतिक रुपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना नरहेको पार्टीको निष्कर्ष रहेको समेत बताए । उनले राष्ट्रिय राजनीतिमा दाङको भूमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गरेका छन्।

महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गरे । साेही अवसरमा उनले नेपाली कांग्रेससँग आफ्नो पार्टीको प्रतिस्पर्धा हुने समेत बताएका छन् ।