काठमाडौँ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने बताएका छन्।
प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण निर्वाचनको घोषणा पत्र जारी हुने काममा ढिलाई हुन गएको पनि स्पष्ट पारे । महासचिव पोखरेलले निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने कुरा पछि राखेकाले निर्वाचन आचारसंहिता लाग्छ भनेर राजनीतिक दलहरुले त्यसलाई घोषणा गर्ने कामलाई पनि पछि पार्नु परेको बताएका छन् । निर्वाचन आयोगको कार्यतालिका शुरु हुने बित्तिकै एमालेले पनि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने उनकाे भनाइ छ।
महासचिव पोखरेलले निर्वाचन घोषणा पत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवारहरुले सो घोषणा पत्र जनताको माझमा पुर्याउने पनि बताए । उनले निर्वाचन घोषणा पत्र तयारीका लागि आफ्नो पार्टीले विज्ञहरुसँग परामर्श गरिसकेको समेत बताएका छन्।











प्रतिक्रिया