काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानमा सहभागी भएका उनका सहयोगी दिनेश सिटौलालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। अछाममा बेहोस भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको थियो। त्यसपछि सेनाकै स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइएको हो।
अछाममा सिटौला अचानक बेहोस भएपछि उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाइएको थियो। बालेन साहको टोलीसँगै अछाम सदरमुकाम मंगलसेनमा रहेका ४३ वर्षीय सिटौला शुक्रबार बिहान एक्कासि ढलेका थिए।
बेहोस भएर लड्दा उनको टाउकोमा चोट लागेको र हालसम्म होस नआएको जनाइएको छ। स्थानीय चिकित्सकहरूले टाउकोभित्र रगत जमेको हुन सक्ने आशंका गरेका छन्।
सिटौलालाई काठमाडौं पठाइसकेपछि भने बालेन्द्र साह आफ्नो चुनावी अभियानलाई निरन्तरता दिँदै दैलेखतर्फ प्रस्थान गरेका छन्।











प्रतिक्रिया