ललितपुर ।
ललितपुर क्षेत्र नं ३ का जनताले नेकपा एमाले पार्टी क्षेत्र नं ३ प्रतिनिधि सभा उम्मेदवार सन्दन थापा मगरलाई कर्तव्यनिष्ठ युवा नेताको संज्ञा दिएका छन् ।

मगरले आफ्ना क्षेत्रका जनतामा गर्नुभएको सम्मानपूर्ण व्यवहारलाई मध्यनजर गरी उहाँहरुले सो कुरा अघि सार्नुभएको हो ।
लामो समय भयो, उहाँसँग चिनजान भएको । बाबु भनेर आफ्ना कुरा राख्दा ‘हुन्छ म सकेको सहयोग गर्छु’ भनी तत्काल आफूहरुको कामका लागि पर्ने व्यक्तिका रुपमा थापा मगरलाई लिने गरेको ललितपुर महानगरपालिका वडा नं ५ निवासी कुमार महर्जनको भनाइ छ ।
यसैगरी सो महानगरपालिका वडा नं १३ का सरिता मगरले पनि उक्त पटक अन्य पार्टीका व्यक्तिलाई निर्वाचनमा चयन नगरी थापा मगरको ‘गुण र व्यक्तित्वलाई ध्यानमा राखी’ आफूहरुले पूर्ण समर्थनका साथ चयन गर्ने भएको मत व्यक्त गर्नुभयो ।
त्यसैगरी सो क्षेत्र वडा नं १५ का २३ वषीय युवा कुशल श्रेष्ठले आफ्ना परिवारलाई आसन्न निर्वाचनमा थापामगरलाई निर्वाचनमा चयन गर्न आग्रह गरिसकेका सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “नयाँ मान्छे ।
नयाँ पार्टी चयन गर्ने भनेर के गर्नु ? देशमा सुशासन ल्याउने । नयाँ व्यक्ति चयन गर्ने भन्ने हल्लामा लाग्दा आज देश खरानीमय भएको छ ।” पूराना पार्टीका नेतालाई आउँदो निर्वाचनमा विजयी गराउन पाएमा उनीहरुले अबका केही वर्षमा देशलाई पुरानै लयमा फर्काउन सक्ने आफूले अपेक्षा गरेको श्रेष्ठको बुझाई छ ।
अर्कोतर्फ गोदावरी नगपालिकाका वडा नं १४ निवासी भक्त महर्जन भन्नुहुन्छ, “ ए नानी ! नयाँ पार्टी । नयाँ परिवर्तन भन्छन । के हो नयाँ परिवर्तन भनेको ? पुराना नेताले यत्रो वर्षमा गर्न नसकेका कर्मचारीतन्त्र सुधार, भष्टाचार नियन्त्रण, हिंसा समाधान आदिका विषयमा नयाँ व्यक्तिले एकैपटक आउनासाथ कसरी परिवर्तन गर्छन् भन्ने विश्वास गरी पछि लाग्नु,” नयाँ व्यक्तिले देशको अवस्था बुझ्नै केही वर्ष लगाउँछन् । अनि कहाँबाट हुन्छ तीव्र गतिमा मुलुक परिवर्तत ।
हाल देश खरानीमय भएको अवस्थामा नयाँ भन्न थालियो भने झन थला पर्ने भएकाले ‘केपी ओलीले नेतृत्व गरेको पार्टीले सो समयमा समस्त जनतालाई हामी छौँ । डराउनु पर्दै भनी’ साथ दिएको अवस्थालाई मध्यनजर गरी सो क्षेत्रमा महर्जनले थापामगर बाहेक अरुको विकल्प नरहेको जिकिर गर्नुभयो ।
गोदावरी वडा नं १४ निवासी २४ वर्षया वर्षा सञ्जेललाई फागुन २१ गते हुने निर्वाचमा कस्तो मत परिणाम आउँछ भनी निकै चिन्ता लाग्ने गरेको दुःखेसो व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “यसो कहिले काँही फुर्सदको समयमा कही घरबाट बाहिर जाउन त ! भन्दा । केही ज्ञान हाँसिल गरौँनत भन्दा जता गयो त्यतै जलेका र अन्धकारमय दृश्य देखिन्छन् ।
यस्तो देशका सरकारी र निजी भवनमा समेत रिस नछाडी त्यसलाई खरानीको ढिस्कोमा परिवर्तन गर्ने तत्वले के गर्लान ? र किन जनता नयाँ सरकार, नयाँ सरकार भनी कुलिएर हिडेको हुन् भन्ने मलाई लाग्छ ।” आफूहरुपनि भर्खरका युवा रहेको र आफूहरुमा त्यस्तो भाव नआउने तर केहीमा यस्तो भाव उत्पन्न हुनुले देशको बागडोर अन्य मुलुकको इसारामा पो पर्ने होकी ! भन्ने सञ्जेललाई निकै डर पैदा भइरहेको सुनाउनुभयो ।
ललितपुर क्षेत्र नं ३ का यी व्यक्तिका कुरा सुन्दा नेकपा एमाले पार्टीका उम्मेदवारले मनमा कुनै चिन्ता नलिइ अझ ससक्त रुपमा चुनावी अभियानमा सकारात्मक सोचका साथ लाग्नुपर्ने देखिएको छ ।
गत भदौ २३ मा भएको जन्जी आन्दोलन र देशका विशिष्ट भवनमा भएको आगलागीले अबको युवामा मुलुक परिवर्तन मात्रै होइन् सच्चा नेतृत्वको आवश्यकता रहेको समेत महसुस भइसकेकाले सो क्षेत्रमा थापामगरको जित सुनिीश्चत भइसकेको महसुस हुन्छ ।
उक्त क्षेत्रभित्र ल.पु. महानगरपालिका वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २५ र २९ का साथै गोदावरी नगरपालिकाका वडा नं १२ र १४ समेत गरी कूल १७ वटा वडा पर्ने गर्छन् ।











प्रतिक्रिया