काठमाडौँ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको छ । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले सभापति लामिछानेको स्वास्थ्य अवस्था सामान्य भइसकेको र साँझसम्म डिस्चार्ज गर्ने योजना रहेको जानकारी दिए।
लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।
यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।











प्रतिक्रिया