ललितपुर ।
जोसिलो व्यक्तित्व, हँसिलो मुहार । जुनसुकै कामपर्दा ललितपुरबासीले सम्झने नाम हो सन्दन थापामगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ललितपुरक्षेत्र नम्बर–३ को एमालेको उम्मेद्दवार भएका छन् । प्रचारप्रचारमा खासै जोस नदेखाएपनि भित्रिरुपमा घरघरै भेट्ने गरेका फुर्तिला र जुझारु उम्मेदवार थापामगर यो निर्वाचनमा एमालेको जित सुनिश्चित भएको दाबी गर्छन् । उनले भने, मेरो प्रतिस्पर्धी कोही छैन । जित सुनिश्चित भैसकेको छ । उनीसंगै रास्वपाका तोषिमा कार्की, नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जन लगायत २३ जना उम्मेदवार मैदानमा छन् । सादा जीवन उच्च विचार लिएका थापामगरको प्रचारप्रसारमा कुनै तडहभडक छैन ।
एमालेका उम्मेदवार थापामगर समाजमा रसिलो र हँसिलो व्यक्तिको परिचय कमाएका छन् । दुईदशक लामो विद्यार्थी राजनीतिमा लागेका थापामगर झम्सीखेल निवासी हुन । त्यसैले एमालेले ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुने मौका दिएको दाबी उनको छ । सो क्षेत्रका मतदाताले भन्ने गरेका छन्– एमालेले युवालाइ टीकट दिदा हामी निकै खुशी भएको महसुस छ । मतदाता गोपाल डंगोल भन्छन्–पार्टीले युवा उम्मेदवार उठाएको छ । हामी सबैले पुर्ण रुपमा सहयोग गर्नुपर्छ । अबको समय भनेको पार्टी हेर्ने कि ? असल व्यक्ति ? भन्ने प्रश्नमा मतदाता विधान रिजालको धारणा छ–पार्टीले असल र युवा उम्मेद्धार चयन गरेको छ । रिजाल भन्छन्–ललितपुर–३ वासीको चाहना अनुसारको उम्मेद्धवार पाएका छौं । अबको समयमा युवालाई उम्मेद्धवार चयन गर्नुपर्ने बाध्यकारी अवस्थामा सबै पार्टीले युवालाई अवसर दिएको उनको भनाई थियो ।
थापामगरले विगत दुईदशकदेखि आफ्नाक्षेत्रका लागि उनले गरेको योगदानप्रति ललितपुरका जनता निकै हर्षित भएका पाउन सकिन्छ । एकपटक भेटेका व्यक्तिसँग सदैव अपनत्वको भाव राख्ने थापामगरको यो स्वभावदेखि ऊनीसँग जोकोही पनि सहजै रुपमा घुलमिल हुन सक्छन् । चुनावी प्रतिबद्धता के हो ? भन्ने प्रश्नमा थापामगर भन्छन्–जनताले चाहेको कामगर्ने । उनले ‘समृद्ध नेपाल , सुखी नेपाली’ नाराको उद्देश्य साकार पार्नु मुख्य दायीत्व रहेको बताए
लामो सयम विद्यार्थी राजनीतिमा लागेका थापामगर एमाले पार्टीको एकदमै भरोसावान व्यक्तित्वमा चिनिन्छन् । विसं २०५९ सालमा अनेरास्ववियूको संगठित सदस्य र २०६५ सालमा पाटन संयुक्त क्याम्पसमा स्ववियू सदस्यमा निर्वाचित भएका थिए । २०६९मा पाटन क्याम्पस स्ववियू सभापतिको उम्मेदवार थिए ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ललितपुर जिल्ला अध्यक्ष,ललितपुर महानगरपालिका वडानं २ को जिल्ला इन्चार्ज , वडा नं १० का क्षेत्रीय इन्चार्ज को विम्मेवारी निर्वाह गरिसकेका छन् । थापामगर मदन भण्डारी स्पोट्र्स एकेडेमी ललितपुर जिल्ला हुन ।
एमालेबाट क्षेत्र नं ३ का उम्मेदवार बन्नुअघि थापा झम्सिखेल युथक्लबको अध्यक्ष थिए । उनकै कार्यकालमा झम्सिखेल युथ क्लबलाई शहिद स्मारक राष्ट्रिय लिगमा ‘डि’ डिभिजनबाट ‘सी’ र ‘सी’ बाट ‘बी’ डिभिजनसम्म बढुवा गर्न सफल भएका थिए । यो उनकै योगदान रहेको ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले बताए ।
झम्सिखेल महोत्सव २०६४, ०६८, ०७२, ०७६ र ०८० मा नेपालकै उत्कृष्ठ महोत्सवमा संयोजक थिए ।‘मैले राजनीतिसंगै शिक्षा,खेलकुद र समाजसेवालाई सँगसँगै अघि बढाइरहेको छु–उम्मेदवारी पाएपछि नेपाल समाचारपत्रसंग भने ।
यसैगरी सन् २०२५ मा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रतिनिधि भई ताजकिस्तानमा सम्पन्न ‘थ्री नेशन इन्टरनेशनल कपमा अफगानिस्थानलाई पराजय गर्दै देशको प्रतिनिधि गर्न सफल व्यक्तिमा थापामगर पर्छन ।

थापामगरले धार्मिकक्षेत्रमा पनि सम्झन लायक काम गरेका छन् । झम्सिखेलको हाँसापोता गणेश मन्दिरलाई ६ आना जग्गा लिन सफल भएका छन् । उनकै सहयोगमा २०७४ सालदेखि सो क्षेत्रका तीनहजार घरपरिवारसँग प्रत्यक्ष रुपमा दैनिक फोहरमैला व्यवस्थापन गरेका छन् ।
उम्मेदवार थापामगरले कलानिधि शास्त्रीय सङ्गीत म्युजिक क्लबको संस्थापक भई शास्त्रीय सङ्गीतलाई विश्व बजारमा चिनाउन सफल भए । विसं २०६० सालदेखि मनमोहनपार्कको संस्थापक सदस्य भई करिब सयरोपनी जग्गामा नेपालकै उत्कृष्टपार्क समेत बनाउन सफल भएको बताए । निर्वाचनमा ललितपुर–३ वासीको घरघरमा पुग्दा के प्रतिबद्धता जनाउने त ? भन्ने प्रश्नमा उनको उत्तर थियो । भने तपाईको भोटको सहयोगले म प्रतिनिधिसभा सदस्यमा विजयी भए ललितपुर–३ लाई व्यवस्थित बनाउँनेछु । पुरातातात्विक तथा ऐतिहासिक सम्पदाको अस्तित्व जोगाउँनेछु ।
मेरो प्रतिबद्धता खानेपानी समस्या समाधान,ढलनिकास प्रणालीलाई व्यवस्थितगर्ने,खुलाक्षेत्रको संरक्षण,हरियाली प्रवर्द्धन गर्ने,जेष्ठनागरिक सम्मान, फोहोर व्यवस्थापन, सरसफाई र वातावरण संरक्षण, नेवारी संस्कृति झल्कने क्षेत्रको विकासमा बजेट ब्यवस्था, नेवारी संस्कृति, कला, रहनसहन र परम्परालाई पर्यटन र जिवीकोपार्जनमा सहयोग पुग्नेगरी नीति निर्माण गर्ने , भाषा लिपी, कला संस्कृति र सम्पदा संरक्षण विकास र प्रवर्द्धन गर्ने योजना रहेको थापामगरको प्रतिबद्धता छ ।
मौलिकजात्रा र पर्वको पहिचान, संरक्षण र प्रवर्द्धन गर्न अक्षयकोष स्थापना गर्ने, कात्तिक नाच, सिकालीजात्रा मच्छिन्द्रनाथ रथजात्रा, हरिसिद्धी लगायत सयौँ वर्ष पुरानाजात्रालाई विश्वव्यापी रुपमा पहिचान बनाउन योजना तय गर्ने लगायत प्रतिबद्धता रहेको बताए ।
जम्मा १ लाख दुई हजार ४३७ मतदाता छन् । ५३ हजार २६ पुरुष र ४० हजार ४११ महिला मतदाता छन् । ७ स्वतन्त्र उम्मेदवार र १६ जना विभिन्न राजनीतिक दलबाट रहेका छन् । यस निर्वाचन क्षेत्रबाट ५ महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।











प्रतिक्रिया