काठमाडौंमा प्रतिकूल मौसम, एयर इन्डियाको जहाज बनारस डाइभर्ट


काठमाडौँ।
काठमाडौंमा खराब मौसमका कारण भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाको एक उडान बनारस डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त उडान बिहान ९ः५० बजे अवतरण गर्ने तालिका थियो। तर बिहानैदेखि कमजोर भिजिबिलिटी भएपछि सुरक्षाका कारण जहाजलाई बनारसतर्फ मोडिएको हो।

हाल विमानस्थलमा उडान तथा अवतरण सामान्य अवस्थामा फर्किए पनि उडान चाप भने बढेको छ। डाइभर्ट गरिएको एयर इन्डियाको जहाज पनि केहीबेरमा काठमाडौं अवतरण गर्ने तयारीमा रहेको विमानस्थलले जनाएको छ।