काठमाडौं ।
प्याब्सन काठमाडौंको आयोजनामा यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टोलीको सहभागिता रहने मंगलबार आयोजकका अध्यक्ष नवराज भट्टले जानकारी दिए ।
विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुनेछ । टी–२० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा फागुन ६ गतेसम्म चल्ने छ ।











प्रतिक्रिया