रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो। उक्त चोट समयक्रममा बढ्दै गएर छालाको भित्री तहमा संक्रमण भएपछि उनी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।

चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस्तो प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको निगरानीमा उपचार भइरहेको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका हुन्।