काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडियामा स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले, रास्वपामा विचार र सिद्धान्तको खडेरी रहेको भन्दै, निर्वाचनको बेला सोसल मिडियामा मात्र स्टन्टबाज गर्ने काम भइरहेको आरोप लगाए। उनले मुलुकलाई “घण्टी बजाएर मात्र केही नहुने” भन्दै सबै वामपन्थी शक्तिहरुलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
दाहालले भने, “अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी, सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाट्ने काम भईराखेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सक्छौं।”
उनले सबै युवा र पुराना कमरेडहरुलाई सोच्न आग्रह गर्दै, “हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौं–समाजवादी भवन। त्यसले मात्र देश र जनताको सेवा गर्छ।”
त्यसैगरी संयोजक दाहालले मोहन वैद्य किरणलाई आफ्नो पार्टीमा समाहित गरे सम्मानका साथ स्वागत गर्ने समेत बताए।











प्रतिक्रिया