बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी


काठमाडौँ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ।

उजुरीमा सामाजिक सञ्जालमार्फत प्रमाणविहीन तथा गम्भीर आरोप लगाएर निर्वाचन आचारसंहिता, विद्यमान कानून र लोकतान्त्रिक बहसको मर्म विपरीत अभिव्यक्ति दिएको आरोप उल्लेख गरिएको छ।

बालेन साहले प्रयोग गरेका शब्द र अभिव्यक्तिले व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने साथै मतदातालाई गलत सन्देश जाने सम्भावना रहेको उजुरीकर्ताको दाबी छ। त्यसैले उनका अभिव्यक्तिको छानबिन गरी आचारसंहिता उल्लंघन ठहरिएमा आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

यसैगरी, महोत्तरीसहितका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको विषयमा पनि आयोगको ध्यानाकर्षण गराइएको छ।