नेपालगञ्जमा बालेनका समर्थक गाडीबाट खस्दा पाँच जना घाइते


काठमाडौँ।

नेपालगञ्जको राँझा विमानस्थल नजिक बालेन शाहका समर्थक गाडीबाट खस्दा कम्तीमा पाँच जना घाइते भएका छन्।

बालेन नेपालगञ्ज भ्रमणका क्रममा समर्थकहरू विमानस्थल क्षेत्रमा पुगेका बेला उनीहरू सवार गाडीको पछाडिको ढालाबाट खसेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए।

विमानस्थल परिसरभित्रको सडक भएकाले गाडीको गति धेरै तीव्र नभएको प्रहरीले स्पष्ट पारेको छ।

बालेन शाह आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछन्। उनी झापा–५ बाट चुनावी मैदानमा उत्रिएका छन्।