राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी


काठमाडौं ।

सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा परिषद्को बैठक बसेको छ। बैठकमा अहिले छलफल जारी रहेको सहभागी एक सदस्यले जानकारी दिएका छन्।

बैठकमा देशको पछिल्लो समग्र सुरक्षास्थिति र आगामी निर्वाचनसँग सम्बन्धित सुरक्षा तयारीबारे मुख्य रूपमा छलफल हुने बताइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति रहेका छन् भने रक्षा सचिव सदस्य–सचिव रहने व्यवस्था छ