काठमाडौँ
अवि ग्रुपअन्तर्गत रहेको नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस केन्द्र बालाजु अटो वक्र्स प्रा.लि. ले महिन्द्रा सवारीधनीका लागि ‘महिन्द्रा केयरफेस्ट २०८२ ः सर्भिस उत्कृष्ट, गाडी झिलिक्क’ विशेष सर्भिस क्याम्प सुरु गरेको छ । यो क्याम्प माघ ९ गतेदेखि १४ गतेसम्म (जनवरी २३ देखि २८, २०२६) सञ्चालन हुनेछ भने शनिबार पनि सर्भिस सेवा उपलब्ध गराइनेछ। यस क्याम्पको उद्देश्य ग्राहकलाई महिन्द्राको भरपर्दो र आधिकारिक सर्भिस आकर्षक छुट तथा थप सुविधासहित प्रदान गर्नु हो ।
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा अवस्थित सुविधासम्पन्न बालाजु अटो वक्र्स सर्भिस केन्द्रमा विशेष समारोहका साथ उद्घाटन गरिएको केयरफेस्ट देशभर रहेका ५३ भन्दा बढी शाखा, डिलर तथा कार्यशालामा एकैसाथ सञ्चालन भइरहेको छ । उद्घाटन समारोहमा अवि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अनुसन्धान तथा व्यवसाय विकास प्रमुख वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भारत तथा बंगलादेशका लागि कन्ट्री प्रमुख चैतन्य कागलकर, ग्राहक तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
केयरफेस्ट अवधिभर महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूले वास्तविक स्पेयर पाट्र्स र अत्याधुनिक परीक्षण उपकरण प्रयोग गरी सवारीसाधनको सर्भिसिङ गर्नेछन् । क्याम्पमा सर्भिस गराउँदा ग्राहकले निःशुल्क ४५ बुँदे जाँच, निःशुल्क सामान्य श्रम शुल्क, निःशुल्क कम्प्युटराइज्ड परीक्षण, कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट, वास्तविक एक्सेसरिजमा ५० प्रतिशतसम्म छुट, वातानुकूलित प्रणाली चार्जिङमा २० प्रतिशत छुट तथा वास्तविक स्पेयर पाट्र्स र लुब्रिकेन्टमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यसका साथै हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकको निःशुल्क स्वास्थ्य परीक्षण, १० प्रतिशत थप छुट कुपन, नगदरहित बीमा सेवा जस्ता अतिरिक्त सुविधा समेत उपलब्ध गराइनेछ । यी सुविधाले ग्राहकको सर्भिस अनुभवलाई अझ सहज, सुरक्षित र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ । केयरफेस्टको विशेष आकर्षणका रूपमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत ‘बिग्स सि–१२’ विद्युतीय स्कुटर जित्ने अवसर समेत पाउनेछन् ।
बालाजु अटो वक्र्सले यस्ता सर्भिस क्याम्पमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत र दीर्घकालीन बनाउने विश्वास व्यक्त गरेको छ । कम्पनीले विगत लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरको अनुभवसहित महिन्द्राको आधिकारिक तथा गुणस्तरीय सर्भिस प्रदान गर्दै आइरहेको जनाएको छ ।
कम्पनीले सम्पूर्ण महिन्द्रा सवारीधनी तथा चालकलाई केयरफेस्ट २०८२ मा सहभागी भई सीमित समयका छुट तथा उत्कृष्ट सर्भिसको लाभ लिन आग्रह गरेको छ । सर्भिसको अग्रिम बुकिङ महिन्द्रा एपमार्फत गर्न सकिनेछ भने थप जानकारीका लागि टोल–फ्री नम्बर १८१०–५०००–२५५ (एनटिसी) वा ९८०–१५७–१२१२ (एनसेल) मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बालाजु अटो वक्र्स प्रा.लि. अवि ग्रुपको सहायक कम्पनी तथा नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस केन्द्र हो । यस कम्पनीले देशभर रहेका ५३ भन्दा बढी शाखा तथा डिलरमार्फत महिन्द्राका सवारीसाधनका लागि गुणस्तरीय सर्भिसिङ, वास्तविक स्पेयर पाट्र्स, लुब्रिकेन्ट तथा एक्सेसरिज उपलब्ध गराउँदै आइरहेको छ ।











प्रतिक्रिया