काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकि छन् ।
काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताइन् । उनले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाे बताइन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न उनले निर्देशन दिएकी छन् ।
उनले निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताइन् । उनले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसै अनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्चस्तरको व्यवसायिकता प्रस्तुत गर्ने जिकिर गरिन् ।











प्रतिक्रिया