देशभरबाट ४९ जनाको उम्मेदवारी फिर्ता


काठमाडौँ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशैभरीबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसकाे बारेमा जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ५ जना उम्मेदवारविरूद्ध दावी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको बताएका छन् ।

आयाेगले नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चाैधरीकाे उम्मेदवारी खारेज भएकाे जनाएकाे हाे ।