काठमाडौँ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचिकमा आयोजित प्रभातकालिन बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई सो नगद सहित प्रसंसापत्र प्रदान गरेका हुन् । योसँगै उनी चौथो पटक संगठनबाट पुरस्कृत भएका छन् ।
संगठनको गतिविधी छिटो छरितो र सहज ढंगले संचारमाध्याम उपलब्ध गराई प्रचारप्रसारमा उत्कृष्ट र प्रभावकारी कार्य गरेवापत सशस्त्र प्रहरी नायव उपरीक्षक थापालाई पुरस्कृत गरिएको हो । हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्तको जिम्मेवारीमा रहेका छन् ।

यसअघि उनलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धीत उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो भने २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरे बापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ IG APF commendation प्रदान गरिएको थियो ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) सहित उनी चौथो पटक पुरस्कृत भएका हुन् । आम संचार तथा पत्रकारीतामा स्नातकोत्तर गरेका थापा करिब ७ बर्ष मूलधारको पत्रकारिता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । थापा संचारमाध्यामसँगको समन्वयमा बढिनै दक्खल राख्छन् ।











प्रतिक्रिया