काठमाडौँ
इलेक्ट्रिक सवारी साधन सहरभित्र मात्र सीमित हुन्छन् भन्ने आमधारणालाई चुनौती दिँदै एथर ४५० इलेक्ट्रिक स्कुटरले ६ हजार किलोमिटरभन्दा बढीको ऐतिहासिक क्रस–कन्ट्री यात्रा सफलतापूर्वक पूरा गरेको छ । भारतको गोवाबाट सुरु भएको यस यात्रामा दुई उत्साही राइडर नेपालसम्म आइपुगेका छन्, जसले इलेक्ट्रिक मोबिलिटीप्रतिको सोच नै परिवर्तन गरिदिएको छ ।
आगमन–प्रस्थानसहित ६ हजार किलोमिटरभन्दा बढी दूरी तय गरिएको यो यात्रा एसिया बुक अफ रेकड्र्समा दर्ता गर्ने तयारी गरिएको छ । यस क्रममा एक व्यक्तिद्वारा गरिएको सबैभन्दा लामो इलेक्ट्रिक स्कुटर यात्रा र पहिलो पटक सम्पन्न भएको क्रस–कन्ट्री इलेक्ट्रिक स्कुटर यात्राका दुई महत्वपूर्ण कीर्तिमान कायम गर्ने लक्ष्य राखिएको छ ।
तर यो यात्रा केवल कीर्तिमानमा सीमित छैन । यो प्रविधिमाथिको विश्वास, चार्जिङ पूर्वाधारमाथिको भरोसा र वास्तविक सडक अवस्थाका लागि भारतमै बनेको उत्पादनमाथिको आत्मविश्वासको प्रत्यक्ष प्रमाण हो ।
आज पनि धेरै राइडरका लागि इलेक्ट्रिक स्कुटर रोज्दा सबैभन्दा ठूलो चिन्ता रेन्ज एङ्जायटी र चार्जिङको असहजता मानिन्छ । तर ९ जनवरीमा गोवाबाट सुरु भई गोवा–गोरखपुर–बुटवल–चितवन हुँदै काठमाडौँसम्म आइपुगेको यस यात्राले ती शंकालाई दाबी होइन, अनुभवकै माध्यमबाट चिर्दै अघि बढ्यो। लामो राजमार्ग, फरक–फरक भू–भाग, अन्तरदेशीय सीमा र वास्तविक चार्जिङ अवस्थाबीच तय गरिएको प्रत्येक किलोमिटरले एउटै सन्देश दियो— एथर अब दूरी वा विश्वसनीयताले सीमित छैन ।
एथरको बलियो ४५० प्लेटफर्म र विस्तार हुँदै गएको चार्जिङ इकोसिस्टमको भरमा, यो यात्राले इलेक्ट्रिक सवारी अपनाउँदा देखिने चार्जिङ एङ्जायटी र रेन्ज एङ्जायटी जस्ता दुई ठूला चुनौतीलाई व्यवहारमै समाधान गरेको छ ।
यो यात्रा सडक र कीर्तिमानभन्दा पनि गहिरो उद्देश्य बोकेको थियो। भारत हुँदै नेपाल प्रवेश गर्ने क्रममा यसले दुवै देशका एथर प्रयोगकर्ताबीच भेटघाट, संवाद र आपसी विश्वासको सेतु निर्माण ग¥यो । इलेक्ट्रिक मोबिलिटीप्रतिको साझा विश्वासलाई अझ बलियो बनाउँदै वास्तविक, अस्क्रिप्टेड र प्रामाणिक ग्राहक अनुभवहरू यस यात्राको केन्द्र बने ।
भारतमा डिजाइन, इन्जिनियरिङ र निर्माण गरिएको एथर ४५० ले विभिन्न देश, मौसम र सडक पार गर्दै प्रयोगकर्ताले दैनिक अनुभव गर्दै आएको विश्वासलाई अझ सुदृढ बनाएको छ । एथर केवल एउटा इलेक्ट्रिक सवारी ब्रान्ड मात्र होइन, दीर्घकालीन भरोसा, प्रदर्शन र विश्वसनीयताको सहयात्री भएको सन्देश यस यात्राले दिएको छ ।
यात्राका क्रममा स्कुटर १७ जनवरीमा बुटवल, १८ जनवरीमा चितवन र १९ जनवरीमा काठमाडौँ पुगेको थियो। प्रत्येक एथर एक्सपिरियन्स सेन्टरमा इलेक्ट्रिक सवारी तथा प्रविधि उत्साहीहरूसँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
काठमाडौँ प्रवेश गर्दा ती दुई राइडरहरूले केवल एउटा यात्रा पूरा गरेका थिएनन्, उनीहरूले इलेक्ट्रिक स्कुटरप्रतिको सोच नै परिवर्तन गरिरहेका थिए । यो कुरा इलेक्ट्रिक सवारी कति टाढा जान सक्छ भन्ने मात्र होइन, विश्वास, इन्जिनियरिङ र समुदाय एकसाथ हुँदा कति टाढा पुग्न सकिन्छ भन्ने प्रमाण हो ।











प्रतिक्रिया