काठमाडौँ ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले २०८२ माघ २ गते निर्वाचन आयोगको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिए। उनले अवैध विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निर्णय र टिकट वितरणले आफ्नो राजनीतिक मूल्य, नैतिकता र अडानसँग मेल नगर्ने भएकाले यसपटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नहुने निर्णय गरेका छन्।
खड्काले आफ्नो निर्णयले पार्टीका साथी तथा आम मतदातामा परेको असर र चोटका लागि क्षमा माग्दै, पार्टीको स्वीकृत उम्मेदवारलाई पूर्ण समर्थन गर्दै एकतापूर्वक निर्वाचन अभियानमा लाग्न सबैमा अपील गरे।











प्रतिक्रिया