गगन थापाको निर्वाचन क्षेत्र फेरबदल, सर्लाही–४ बाट उम्मेदवारी


काठमाडौ ।

नेपाली कांग्रेसका नेता गगन थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ बाट उम्मेदवार बन्ने निर्णय गरेका छन्। यसअघि थापाले काठमाडौँ निर्वाचन क्षेत्र नं.–४ बाट लगातार तीनपटक प्रतिनिधिसभा निर्वाचन जितेका थिए।

पार्टी रणनीति र क्षेत्रीय पुनर्सन्तुलनका आधारमा क्षेत्र परिवर्तन गरिएको बताइएको छ। थापाको यो निर्णयले सर्लाही–४ को राजनीतिक प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ।